व्यवसायको सारथी- फोनपे बिजनेस एप  - Banner Image

व्यवसायको सारथी- फोनपे बिजनेस एप 

व्यवसायको सारथी- फोनपे बिजनेस एप 

नेपालमा पहिलो पटक क्यू.आर प्रविधि ल्याउने क्रममा फोनपेले पोइन्ट.अफ.सेल (POS) पूर्वाधारको तुलनामा लागत र परिचालन दुवै पक्षहरूलाई ध्यानमा राख्दै व्यापारी-मैत्री प्रणालीको विकास सुनिश्चित गरेको कुरा सबैलाई अवगत नै छ। नयाँ सुविधाहरू प्रस्तुत गर्ने सन्दर्भमा मात्रै नभई सो सुविधाहरुलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि फोनपे अगाडि रहेको देखिन्छ। यति छोटो समयमा अनुपालन र नियामक आवश्यकताहरूको पालना गर्दै यस्तो बजार प्रभुत्व हासिल गर्नुले कम्पनीको वृद्धि मानसिकतालाई झल्काउँछ र प्रयोगकर्ताहरूलाई सरल, सुरक्षित र तत्काल भुक्तानी समाधानहरू प्रदान गर्ने निरन्तर प्रयासलाई पनि देखाउँछ। 

व्यापारी-मैत्री सुविधाहरको सन्दर्भमा फोनपेले फोनपे बिजनेस एपलाई प्रयोगमा ल्याई आज लाखौँ साना ठुला व्यवसायीहरुको कारोवारलाई सजिलो बनाउँदै आएको छ! 

के हो त फोनपे बिजनेस एप? 

फोनपे बिजनेस एप फोनपे व्यवसायीहरुको लागि, उहाँहरुको सबै व्यापार भुक्तानीहरुलाई सजिलो अनि सहज रुपमा व्यवस्थित गर्न बनाईएको सुपर एप हो ! 

यस एपको माध्यमबाट निम्न कुराहरु गर्न मिल्छ: 

  • भुक्तानी प्राप्त गर्न मिल्छ 

  • प्राप्त गरिएको भुक्तानीको सम्पूर्ण विवरण हेर्न मिल्छ  

  • भुक्तानी सेटलमेन्टका विवरणहरु हेर्न मिल्छ 

  • भुलचुक भएको खण्डमा भुक्तानी रकम फिर्ता गर्न मिल्छ  

  • फोनट्याग को माध्यमबाट अफलाईन भुक्तानी प्राप्त गर्न मिल्छ  

  • आफैँले रकम हाली ग्राहकबाट भुक्तानी प्राप्त गर्न मिल्छ  

  • सेकेन्डरी नंबर राखी अर्को एउटा नंबरमा पनि भुक्तानी को SMS प्राप्त गर्न मिल्छ  

यस लाभदायी एपको सबै विशेषताहरुलाई कसरी प्रयोग गर्न सकिन्छ त? 

१ . भुक्तानी प्राप्त गर्नको लागि 

  • आफ्नो Credentials हाली बिजनेस एप लग ईन गर्नुहोस् 

  • आफ्नो Profile Tab मा Click गरी "My QR Code" मा जानुहोस्  

  • "My QR Code" मा आफ्नो QR ग्राहकलाई देखाई सजिलै रकम प्राप्त गर्नुहोस् 

 २. भुक्तानी विवरणहरु हेर्नको लागि 

  • फोनपे बिजनेस एपको होम पेजलाई स्क्रोल गर्नुहोस्  

अथवा  

  • 'Payments' ट्यावमा गई आफुलाई चाहिएको मिति हाली आफ्नो सम्पुर्ण विवरण प्राप्त गर्नुहोस् 

 ३. सेटलमेन्टको विवरण हेर्नको लागि 

  • फोनपे बिजनेस एपको Home Page मा गई 'Settlement' ट्यावमा मा जानुहोस् 

  • 'Payments' ट्यावमा गई आफुलाई चाहिएको मिति हाली आफ्नो सम्पुर्ण विवरण प्राप्त गर्नुहोस् 

 ४. भुक्तानी फिर्ता (Refund) वा अर्ध फिर्ता (Partial Refund) गर्नको लागि 

  • फोनपे बिजनेस एपको होम पेजमा गई "More" ट्यावमा जानुहोस्  

  • भित्र रहेको 'Refund' ट्यावमा थिच्नुहोस् 

  • फिर्ता गर्नुपर्ने रकमको मिति छान्नुहोस् 

  • मिति छाने पछि 'Search' मा थिच्नुहोस् 

  • फिर्ता पठाउनु पर्ने रकमलाई छानी सजिलै फिर्ता वा अर्ध फिर्ता गर्नुहोस्  

५. डाईनामिक क्यू.आर (Dynamic QR) माध्यमबाट भुक्तानी प्राप्त गर्नको लागि 

  • फोनपे बिजनेस एपको होम पेजमा जानुहोस् 

  • होम पेजमा अवस्थित 'Receive Payment' मा थिच्नुहोस्  

  • 'Generate Dynamic QR' मा थिची चाहिएको रकम र 'Remarks' हाल्नुहोस्  

  • रकम हालिसकेको QR, ग्राहकलाई आफ्नो मोबाईल बैंकिङ् एप द्वारा Scan गर्न लगाउनु होस् 

६. फोनट्यागको माध्यमबाट अफलाईन भुक्तानी लिनको लागि 

NFC को माध्यम बाट 

  • फोनपे बिजनेस एपको होम पेजमा जानुहोस्  

  • होम पेजमा अवस्थित 'Receive payment' मा थिच्नुहोस्  

  • 'फोन ट्याग' मा थिची चाहिएको रकम र रिमार्क्स हाली कन्फर्म गर्नुहोस् 

कन्फर्म गरे पश्चात् फोनट्याग enable हुनेछ 

  • NFC प्रविधि सपोर्ट गर्ने ग्राहकको मोबाईल र आफ्नो मोबाईललाई नजिक लेराउनुहोस्  

  • NFC प्रविधिको माध्यमले तुरुन्तै भुक्तानी प्राप्त हुनेछ 

नोट: यो प्रक्रिया पुरा गर्नु अगाडि ग्राहकले आफ्नो मोबाईल बैंकिङ् एप वा फोनपे एपमा गई NFC enable गर्नु पर्ने छ! यो सुविधा आईफोनमा उपलब्ध छैन !! 

CPQR को माध्यम बाट 

  • फोनपे बिजनेस एपको होम पेजमा जानुहोस्  

  • होम पेजमा अवस्थित 'Receive payment' मा थिच्नुहोस् 

  • 'Customer Presented QR' मा थिची, चाहिएको रकम र रिमार्क हाली कन्फर्म गर्नुहोस्  

  • ग्राहकलाई , आफुले देखाउने QR माग्नुहोस्  

  • आफ्नो फोनपे बिजनेस एपबाट ग्राहकले देखाएको QR  लाई Scan गर्नुहोस्  

  • CPQR प्रविधिको माध्यमले Automatic भुक्तानी प्राप्त हुनेछ 

नोट: यो सुबिधा आईफोन र एन्ड्रोईड दुबैखाले उपकरण हरुमा उपलब्ध छ । 

७. अर्को एउटा छुट्टै नंबरलाई सेकेण्डरी नंबरको रुपमा प्रयोग गर्नको लागि 

  • फोनपे बिजनेस एपको होम पेजमा अवस्थित 'Profile' ट्यावमा जानुहोस् 

  • 'Notification Setting' मा जानुहोस्  

  • अर्को नंबर यानिकि 'Secondary Number' हाली 'Send Notification' मा गई 'Add Button' मा थिच्नुहोस् 

यस प्रक्रिया पश्चात हजुरले राखेको सेकेन्डरी नंबर रहेको मोबाईल मा पनि भुक्तानीको SMS प्राप्त गर्न सक्नु हुनेछ !